२०८१ माघ १२ गते शनिवार

रोल्पामा श्रीमानको कुटाइबाट गर्भवती महिला गम्भीर घाइते

रोल्पा, साउन ३१ । रोल्पामा श्रीमानको कुटाइबाट एक गर्भवती महिला गम्भीर घाइते बनेकी छिन्।

कुटाइबाट गर्भमा रहेको ८ महिनाको शिशु समेत खेर गएको छ।

जिल्लाको रुन्टिगढी गाउँपालिका वडा नम्बर ३ भरना निवासी १७ वर्षीया कुमारी बि।क। गम्भीर घाइते बनेकी हुन्। ८ महिनाकी गर्भवती रहेकी उनलाई साउन २९ गते राति ११ बजे श्रीमानले मदिरा सेवन गरेर निर्बाध रुपमा कुटपिट गर्दै गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ।

घटना घटेको भोलिपल्ट साउन ३० गते शिशु मृत अवस्थामा जन्मेको परिवारले जनाएको छ।

कुटपिटबाट टाउको र शरीरमा गम्भीर चोट लागेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका डाक्टर आधार वलीले जानकारी दिए ।

घाइते कुमारीको शनिबार प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सामान्य उपचारपछि थप उपचारका लागि दाङ रिफर गरिएको छ।

कुटपिट गर्ने श्रीमान सोनु बि।क।लाई नियन्त्रणमा ल्याएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *