२०८१ माघ १२ गते शनिवार

नेपालमा थप ५सय ९४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५ हजार ५सय ५१ पुग्यो

काठमाडौँ,साउन ३० ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण भएको छ।

नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्।

पछिल्लो २४ घण्टामा २४० डिस्चार्ज भएका छन्। योसँगै नेपालमा १७ हजार ७७ जनाले कोरोना जितेको छन्।  सातै प्रदेशका ३९ प्रयोगशालामा पीसीआर परीक्षण हुँदै आएको छ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *