सल्यान,साउन ३० । सल्यानमा एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण हुनेमा बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का २५ वर्षीय पुरुष रहेका छन । आज थपिएका एक जना सँगै बन्गाड कुपिण्डे नगरपालिकामा मात्र १ सय ६५ जना पुगेका छन ।
अहिलेसम्म सल्यानमा संक्रमितको संख्या २ सय ६० पुगको छ । जसमध्य २ सय ४९ जना निको भएर घर फर्किसकेका छन ।
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार