दाङ, साउन ३० । दाङमा भदौ १ गतेदेखि बेलुका सात बजेपछि यातायातका साधन सञ्चालन गर्न नपाइने भएको छ । शुक्रवार घोराहीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म बेलुका ७ बजेपछि विहान ५ बजेसम्म यातायातका साधन सञ्चालन गर्न नदिने निर्णंण गरेको छ ।
यो निर्णय संगै तीजको समयमा सर्वसाधारण मानिसहरु बेलुका ७ बजेपछि एक ठाउँवाट अर्कौ ठाउँ आवात जावात गर्न नपाउने भएका छन् । कोरोना भाइरसको संक्रमन रोक्नका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक गोविन्दप्रशाद रिजालले जानकारी दिए ।
उनले तीजको अवसरमा सार्वजनिक स्थल र मन्दिरहरुमा भेला हुन तथा नाचगान गर्न नदिने निर्णय पनि भएको बताए । बैठकका सहभागिहरुले जिल्लामा पुरै लकडाउन वा निषेधाज्ञा जारी नगरौं भन्ने आग्रह गरेको हुँदा भदौ १ गतेदेखि बेलुकी सात बजेपछि विहान पाँच बजेसम्म यातायात सञ्चालन तथा हिड्डुल गर्न नपाउने निर्णय गरिएको रिजालले बताए । यातायातका साधानहरुलाई तोकेको भन्दा बढी यात्रु राखेको पाइए कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तीजमा हुन सक्ने संभावित घटनाहरुलाई समेत मध्यनजर गर्दै भदौ १ गतेदेखि ८ गतेसम्म बेलुकी ७ बजेपछि यातायातका साधन सञ्चालन गर्न तथा एक ठाउँवाट अर्कौ ठाउँ आवात जावात गर्न प्रतिवन्ध लगाउने निर्णय भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।