यमकला भुसाल,
तुलसीपुर,साउन ३० । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन केही दिन मात्र बाँकी छ ।यतिबेला कोरोना भाइरसको त्रासदी पनि उत्तिकै छ ।तर दाङका बजारहरुमा भने तीजको लागि किनमेल गर्नेहरुको भिड व्यापक छ ।त्यसरी किनमेलका लागि जानेहरुले कोरोना भाइरसवाट जोगिन अपनाउनु पर्ने आवश्यक सावधानी भने अपनाएको देखिदैन ।पसल सञ्चालकहरु समेत आवश्यक सावधानी नपनाइ सामान बेचविखन गरिरहेका देखिन्छन् ।जिल्लाका प्रमुख बजारहरु तीज नजिक आउँदखै गर्दा हाउस फूल जस्तै देखिन्छन् ।
तुलसीपुर, घोराही, नारायणपुर, लमही, भालुवाङ लगाएतका बजारहरुमा तीजको सामान किनमेल गर्ने चेलिहरुको व्यापक भिडभाड देखिन्छ ।कतिपय सर्बसाधारण गाउँघरवाट मास्क नै नलगाई किनमेलका लागि आउने गरेका छन् ।टाढा–टाढाबाट किनमेल गर्न बजारमा आउने मानिसहरुका कारण कोरोना भाइरस संक्रमनको चिन्ता व्यापक बनेको छ ।विषेश गरि कष्मेटिक पसलहरुमा व्यापक भिड छ । सुनका आएको व्यापक बृद्धिले गर्दा यसपालि सुन चाँदी पसलहरुमा भने विगतका बर्षहरुमा जस्तो भिडभाड देखिदैन ।तुलसीपुरमा फेन्सी पसल सञ्चालन गर्दै आएका सन्तोष पौडेले सरकारले लकडाउन खोलेपछि गाउँ–गाँउबाट किनमेलका लागि मानिसहरु आउन थालेको तथा बजारमा भिडभाड बढेको बताए ।
सर्तकता आवश्यक
तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले विश्वभर फैलिरहेको कारोना महामारीको समयमा सम्पूर्ण उद्योगी÷व्यवसायीहरुले स्वास्थ्य सुरक्षा अपनाएर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।‘हिन्दु संस्कार अनुसार चाडपर्व मनाउनुपर्छ,यो एउटा पाटो हो,’ उनले भने ‘तर, कोभिड–१९ को ठूलो चुनौती पनि छ,दिन प्रतिदिन संक्रमित बढ्दै गएका छन,यसबाट बच्न व्यवसायी÷उपभोक्ता सबै जनाले उच्च सर्तकता अपाउन आवश्यक छ ।’ मास्क प्रयोग नगरी÷ भौतिक दुरी कायम नगरी हिड्ने,भिडभाड गर्ने गर्दा कारोनाको जोखिम बढ्न सक्ने भन्दै उनले सचेत तुल्याए ।