२०८१ माघ १२ गते शनिवार

ब्राउन सुगरसहित बाँकेमा दूई युवा पक्राउ


दाङ, साउन ३० । प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित बाँकेमा दूई युवालाई पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ शान्ति चोक निवासी ३२ बर्षीय राकेशकुमार लोनिया र २८ छविलाल लोनियालाई प्रहरीले विहीवार दिउँसो ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनीहरुको साथवाट दूई ग्राम एकसय मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काले जानकारी दिए ।
गोप्य सूचनाको आधारमा उनीहरुलाई शान्ति चोकवाट पक्राउ गरिएको खड्काले बताए । उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *