२०८३ साउन १ गते शुक्रवार

कालिकोटमा पहिरो जादा ६ जनाको मृत्यु

सुर्खेत, साउन ३० । कालिकोटमा बिहीबार राति पहिरोबाट ६ जना बालबालिकाको मृत्यु भएको छ।जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पूर्दा उनका चार र उनका दाजुका दुई सन्तानको मृत्यु भएको छ ।

वडा सदस्य विष्टका २ छोरा २ छोरी र उनका दाजुका थप २ छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विहीवार मध्यराततिर पहिरो झरेपपछि सुतिरहेका ६ बालबालिकाको मृत्यु भएको हो ।वडा सदस्य सदस्य विष्ट र उनकी पत्नि सोही घरको तल्लो तलामा सुतेका थिए । उनीहरुको भने सकुशल रहेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *