दाङ, साउन ३० । बिहीबार बाँकेमा २२ जना नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणका क्रममा समुदायका २२ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका हुन । संक्रमित मध्य २२ बर्षदेखि ७० बर्ष उमेर सम्मका व्यक्तिहरु रहेका छन् । कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ७ जना महिला र १५ जना पुरुष रहेका छन् । त्यसमा पनि कोहलपुरका २२ र २४ बर्षका दूई युवा छन् भने अरु सबै नेपालगञ्ज उपमहानगरपालिकाका भित्रका विभन्न वडाहरुका छन् ।
जिल्ला कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार हालसम्म बाँकेमा कुल संक्रमितको संख्या ६ सय ८५ पुगेको छ । त्यसमध्य ६ सय ३५ जना निको भएर घर फर्किसकेका छन् भने अब ५० जना आइसोलेसनमा उपचाररत रहेको श्रेष्ठले जानकारी दिए । ती मध्य तीन जनाको भने मृत्यु भइसकेको छ । विहीवार भेरी अस्पतलामा गरिएको पिसिआर परीक्षाणका क्रममा सुर्खेत जिल्लाका ३ जना र बर्दियाका ५ जना गरि कुल ३० जना नयाँ संक्रमित फेला परेका थिए ।