२०७८ बैशाख २५ गते शनिवार

बबईमा थप दूई जना संक्रमित थपिए

तुलसीपुर, साउन २९ । दाङको बबई गाउँपालिकामा थप दूई जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । गाउँपालिकाको वडा नं. ६ र ७ का २२ र २७ बर्षका युवाहरुमा कोरोना संक्रमन फेला परेको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरुमा हिवीवार उनीहरुमा संक्रमन पुष्टि भएको प्रतिष्ठानका शाखा अधिकृत रोषश आचार्यले जानकारी दिएका छन् । गाउँपालिकाका ७८ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षण गरिएकोमा दूई जनामा संक्रमन पुष्टि भएको आचार्यले जानकारी दिएका छन् ।

यसैबीच गाउँपालिकाका अध्यक्ष भूवनेश्वर देवकोटालले २२ बर्षीय युवा विदेशबाट आएर होमक्वारेन्टिन बसेका व्यक्ति रहेको जानकारी दिएका छन् । ‘ती युवा तेस्रो मुलुकवाट आएर दूई जना मिलेर होम क्वारेन्टिनमा बसेका रेहछन्, तर, ती हाम्रो जिल्लाका होईनन्,’ अध्यक्ष देवकोटाले भने ‘ विहीवार उनलाई संक्रमन पुष्टि भएपछि मैले गाउँनै सिल गरेर आएको छु।’

२७ बर्षीय युवा भने क्वारेन्टिनमा बस्दै आएका व्यक्ति भएको देवकोटाले बताए । अध्यक्ष देवकोटाले हालसम्म गाउँपालिका भर २९ जनालाई संक्रमन पुष्टि भएकोमा अरु सबै उपचार पछि निको भइ घर गइ सेकेको र अब ५ जना मात्रै आइसोलेसनमा रहेको बताए । ती ५ जनालाई तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विषेश अस्पताको आइसोलेसनमा राखिएको देवकोटाले जानकारी दिए । केही दिन अगाडि मात्रै बबई गाउँपालिकाका थप ३ जना संक्रमित फेला परेका थिए ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *