२०८१ माघ १२ गते शनिवार

सल्यानकी महिला खोलामा मृत अवस्थामा फेला

दाङ, साउन २९ । सल्यानकी एक महिना तुलसीपुरमा मृत अवस्थामा फेला परेकी छन् । कपुरकोट गाउँपालिका वडा नं. ६ दिवाङ निवासी ४२ बर्षीया तिलसरा सार्की खोलामा मृत अवस्थामा फेला परेकी हुन । ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनी विहीवार विहान २५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित तेली खोलाको बीच बगरमा मृत अवस्थामा फेला परेकी हुन ।

प्रहरीका अनुसार उनी गंगाराम सार्कीकी पत्नि हुन र उनको मानसिक सन्तुलन ठिक थिएन । तिलसरा साउन २५ गते राति घरवाट निस्किएको भन्ने जानकारी प्राप्त भएको प्रहरीले बताएको छ । घटनावारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *