दाङ, साउन २९ । प्यूठान जिल्लामा एक व्यक्तिको बेवारिसे शव फेला परेको छ । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ४ स्थित झिमरुक खोला किनारमा बिहीवार दिउँसो शव फेला परेको छ ।
५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ती व्यक्ति अन्दाजी ५० बर्ष जतिका छन् । मृतकको शरिरमा कुनैपनि कपडा नरहेको पनि प्रहरीले बताएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार