२०८१ माघ १२ गते शनिवार

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

रुपन्देही,साउन २९ ।  बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार राति ज्यान गुमाएका २५ वर्षीय युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का प्रदीप तेलीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

साउन २४ गते भारतको मुम्बईबाट घर आएका तेलीमा ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा मंगलबार राति मृत्यु भएको थियो ।

तेलीलाई मिर्गौलामा समेत समस्या रहेको डा. थापाले बताए । ‘मुम्बईबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो,’ डा. थापाले भने, ‘उनमा मिर्गौलाको समस्या रहेछ ।’

तेलीसँगै कोरोना अस्पतालमा मंगलबार राति कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । उनी भने कोरोना संक्रमित थिए ।

 

 

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *