शरद रेग्मी,
तुलसीपुर,साउन २८ । रोटरी क्लब अफ तुलसीपुर सिटीले समन्वयमा दूईवटा मन्दिरहरुमा प्रतिक्षालय निर्माणको काम सुरु गरेको छ । तुलसीपुरस्थित त्रिशिद्धेश्वरी मन्दिर र दुधेनास्थित कृष्ण मन्दिरको प्राङगंनमा प्रतिक्षालय निर्माणको काम सुरु गरेको क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
भक्तजनहरुको सुबिधाको लागि मन्दिरहरुमा प्रतिक्षालय निर्माण गर्न लागिएको हो । त्रिशिद्धेश्वरी मन्दिर प्राङगणमा निर्माण हुने प्रतिक्षालय रोटरी क्लब अफ तुलसीपुरका संस्थापक अध्यक्ष स्वर्गिय राजकुमार श्रेष्ठको सम्झनामा निर्माण गर्न लागिएको छ । क्लव स्थापना कालमा श्रेष्ठले खेलेको योगदान तथा तुलसीपुर क्षेत्रको आर्थिक विकासमा खेलको भूमिकाको सम्झना स्वरुप प्रतिक्षालय निर्माण सुरु गरिएको हमालले बताए ।
श्रेष्ठकी धर्मपत्नि निर्मला श्रेष्ठले प्रतिक्षालय निर्माण गर्न करिव तीन लाख स्टिमेट गरिएको जानकारी दिइन । प्रतिक्षालयको बुधबार स्वर्गिय श्रेष्ठकी भाउजु मैनादेबी श्रेष्ठले जगपूजा गरेर सिलन्यास गरेकी हुन । निर्माण समितिको सयोजकमा क्लबका पूर्ब अध्यक्ष कुशल तर्ताल रहेका छन् भने क्लबका भाबि अध्यक्ष शिब श्रेष्ठ समन्वयकारी भूमिकामा रहेका छन् ।
।
त्यसैगरी दूधेनास्थित कृष्ण मन्दिरमा निर्माण हुने प्रतिक्षालयको संयोजकमा क्लबका सदस्य क्षेत्र भण्डारी रहेका छन् । भण्डारीले आफ्ना स्वर्गिय बुवा तेजबहादुर भण्डारीको सम्झनामा कृष्ण मन्दिरमा प्रतिक्षालय निर्माण गर्न लागेका छन् ।