२०८१ बैशाख ७ गते शुक्रवार

लायन्स क्लबको भवन निर्माण स्थलनको निरीक्षण


तुलसीपुर, साउन २८ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाईडरमा रहेको लायन्स क्लब अफ दाङको स्वामित्वमा रहेको जग्गाको स्थलगत निरिक्षण गरिएको छ । जहाँ क्लवले आफ्नो भवन निर्माण गर्ने तयारी थालेको छ । करिब दुई बिगाह क्षेत्रफलको उक्त जग्गमा डेण्टल हस्पिटल स्थापना गर्ने निर्णय यस अघि नै क्लवले गरिसकेको छ । हाल अफिस कोठा र हल कोठा निर्माणको काम सुरु गरिने लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

बुधबार प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले क्लवले भवन निर्माण गर्ने जग्गाको स्थलगत निरिक्षण गरेका छन् ।त्यसक्रममा क्लबका पुर्ब अध्यक्ष समेत रहेका सांसद केसीले भवन निर्माण सहयोग गर्ने आश्वासन दिएका छन् । क्लबका पूर्व अध्यक्ष एव एरिया नम्बर ५ का कोषाध्यक्ष यज्ञबहादुर केसीलाई भवन निर्माण समितिको संयोजक तोकिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *