२०८३ भाद्र ११ गते बिहिवार

बुटवलमा नेकपा परित्याग गरि २ सय १८ जना काँग्रेसमा प्रवेश

बुटवल,साउन २८ । नेपाल कम्युनिष्ट पार्टी बुटवल नगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २१८ जनाले सो पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी एकिकरण हुनु अगावै तत्कालिन एमालेका नगर कमिटी उपाध्यक्ष समेत रहेका मल्ल सहित बुटवल उपमहानगरपालिका वडा नं। ११ का नेकपाका १२२ जना संगठित सदस्य र ९६ जना साधारण सदस्य गरि २१८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई बुधबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले पार्टी प्रवेश गराएका हुन ।

मल्लले बुधबार नै एक प्रेस बिज्ञप्ती जारी गरि आफू सहित २१८ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

उनले जारी गरेको बिज्ञप्तीमा स्थानीय तह, प्रदेश र केन्द्रमा अत्यधिक बहुमतको सरकार हुँदा पनि कम्युनिष्ट पार्टीको नीति अनुसार काम गर्न नसकेको तथा पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा कम्युनिष्ट हुँ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएको उल्लेख गरिएको छ ।

पार्टी प्रवेशका क्रममा पनि उहाँले नेकपा फूटको संघारमा पुगेको र नीति तथा सिद्धान्त भन्दा पनि व्यक्तिवादी चिन्तनबाट पार्टीलाई अंगाडी बढाउन खोजिएकाले लोकतान्त्रिक मुल्यमान्यता बोकेको नेपाली काँग्रेसमा प्रवेश गरिएको बताए ।

मल्लले नेपाली काँग्रेसमा प्रवेशसंग आफू सहित पार्टी प्रवेश गर्ने सबैको नामावली समेत प्रदान गरे ।

नेकपाका नेताहरुले अल्झाउने र रोक्ने ठूलो प्रयास गरेकाले त्यसलाई छिचोल्दा कार्यक्रममा आउन ढिला भएको समेत मल्लले बताए ।

सो अवसरमा बोल्नै नेपाली काँग्रेस रुपन्देहीका सभापति रज्जाकले नेपाली काँग्रेस स्थापना कालदेखिनै लोकतन्त्र, राष्ट्रियता र समाजवादको मुल्य मान्यतामा अडिग रहेको बताउँदै पार्टीको मुल्य मान्यता र सिद्धान्तबाट कतिपनि विचलिन नहुने प्रतिवद्धता व्यक्त गरे ।

उनले अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमत हुँदा पनि जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको औंल्याउँदै कम्युनिष्ट पतनको बाटोमा अंगाडी बढेको दावी गरे ।

त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले अहिले कम्युनिष्ट सरकारमा पुगेका व्यक्तिले जनताका काम भन्दा पनि व्यक्तिवादी चिन्तन र कमाउ धन्दामा लागेका कारण कम्युनिष्ट पार्टी प्रति जनताको बिश्वास गुम्दै गएको बताए ।

कार्यक्रममा पार्टीका महासमिति सदस्य युवराज गिरी, काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, क्षेत्र नं। २ ९क० का सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डेले पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै पुराना र नवप्रवेशीलाई समान व्यबहार हुने र आफूहरुलाई परेका समस्या खुलेर पार्टीमा राख्न समेत आग्रह गरे ।

 

 

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *