२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा अदालतले दियो गौहत्या दोषीलाई उन्मुक्ती, कारबाहीको माग

टेककहादुर पुन,दाङ साउन २८ । दाङको गढवामा गत असार २६ गते ४ जनाको समुह द्वारा गाई काटियो ।

गढवा ६ रामपुर बस्ने ईब्राहिम गुजरको गाई चोरी गरि काट्नुको उद्देश्य मासु खानु नै थियो ।

काटिएको गाईको खुट्टा, पुच्छर, भुँडी लगायतका अँगहरु नजिकैको कक्रहवा खोला बगरमा पुरिएको अबस्थामा फेला पर्यो । यसले गर्दापनि गाईलाई खानकै लागि काटिएको हो भन्ने थप पुष्टि भयो ।

यसरी गाई चोरी गरि काटेर खाएका भनी आरोप लाग्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर ६ रामपुर बस्ने रजा मनिहार, लालिया मनिहार, मुस्ताक मनिहार र शमसेर पठान हुन ।

स्थानियको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय गढवाको टोली घटना स्थल पुग्यो । टोलीले स्थलगत सर्जमिन मुचुल्का पनि तयार गर्यो । गाईलाई काटेर नै खाएको प्रहरी अनुसन्धानबाट खुलेपछी किटानी जाहेरीका अनुसार सम्बन्धित ४ जना ब्यक्तीहरुलाई प्रहरीले असार ३१ गते हिरासतमा लिई अनुसन्धान थाल्यो ।

करिब २० दिनको लामो अनुसन्धान पछि साउन २० गते कानुन बमोजिम कारबाहीका लागी जिल्ला अदालत दाङमा पठाएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरत सिँह राठौँरले जानकारी दिए ।

तर, अदालतले आरोपीत ४ जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्नुको साटो सामान्य धरौटीमा रिहा गरिदियो ।

बिश्वासको एकमात्र आधार न्यायालयकै मिलोमतो जस्तो देखिने गरि अदालतले उन्मुक्ती गरिदिएका कारण अहिले निष्पक्षता माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

त्यसो त केहि बर्ष पहिले गढवाको कालाकाँटे र राजपुरको डगमारा नाकामा सोही प्रकृतीका घटनाहरु घटेका थिए ।

त्यस बखत प्रचलित कानुन बमोजिम घटनामा संलग्न दोषीलाई जिल्ला अदालत दाङले नै दुईबर्ष जेल सजाएको फैसला सुनाएको थियो ।

तर अहिले सोही प्रकृतीका घटनामा संलग्न दोशीलाई २४ घण्टामै रिहा गरिदिँदा न्यायालयको निष्पक्षता माथी नै प्रश्न चिन्ह खडा भएको हो ।

देशको राष्ट्रिय जनावर काटिदा पनि न्यायालयले दोशीलाई कारबाही गर्न नसक्नुमा न्यायालयको बिश्वास खस्किदै गएको गौसाला ब्यबस्थापन समिति गढवाका अध्यक्ष हुमाकान्त सुबेदीले चिन्ता ब्यक्त गरे ।

अदालतले दोशीलाई उन्मुक्ती दिएको घटनाप्रती घोर भत्सर्ना गर्दै गौसाला ब्यबस्थापन समिति गढवाले मँगलबार लमहीमा पत्रकार सम्मेलन गरेको हो ।

बिश्वासको पात्र मानिने न्यायालयले समेत कारबाही गर्नुको साटो अपराधिक गतिबिधिलाई सँरक्षण गरेको र समाजलाई बिकृती बिसँगती तर्फ धकेल्न उत्प्रेरित गरेको समितिका अध्यक्ष सुवेदी द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

दोशीलाई उन्मुक्ति दिँदा जातिय सद्भावमा खलल पुग्ने, एकले अर्कालाई चुनौती दिने खतरा बढ्ने, धर्म सँस्कृती माथी नै प्रश्न चिन्ह खडागरी द्वन्द श्रृजना गर्ने कार्य रोकियोस, बिज्ञप्तीमा भनिएको छ ।

सनातन हिन्दु धर्म या अन्य कुनैपनि धर्म माथी अपमान हुने, समाजमा रहेको धार्मिक र साँस्कृतिक सद्भाव बिथोल्ने कार्य रोकी दोशीलाई तत्काल कारबाही गर्न समेत समितिले सबैसँग आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *