२०७८ जेष्ठ ४ गते मङ्गलवार

सशस्त्र प्रहरीले कपिलवस्तुबाट साढे २४ लाख भारतिय रुपैया बरामद गर्यो

सनिउल्ला धोवी, कपिलवस्तु, साउन २८ ।  कपिलवस्तुको कृष्णनगरमा शसस्त्र प्रहरी बलले भारतबाट ल्याउँदै गरेको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट देखि करिव ४ सय मिटर पुर्व पालमा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधवार बिहान पौने ५ बजे स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो ।

शसस्त्र प्रहरीको पाल ड्युटी रहेको बाटो हुँदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर उक्त रकम ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका हुन ।

दशगजा भन्दा ५० मिटर भित्र नेपाली भू–भागमा गरिएको चेकजाँजका क्रममा ती व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधी रहेको भन्दै गस्तमिा रहेको सशस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए ।

तर शसस्त्रको टोलीले शंका मानेर झोला खान तलासी गर्दा उक्त रकम बरामद भएको सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा नोटहरु फेला परेको थियो । त्यो गन्दा नेपाली ३९ लाख २० हजार पुग्ने शाहीले जानकारी दिए ।

बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा पठाइने उनले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *