डोटी, साउन २८ । डोटीमा भएको बस दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखद भएको छ ।
दूर्घटनामा परि अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ३ का ५९ बर्षीय पदम साउद, चौरपाटी गाउँपालिका ७ का ३१ वर्षीय टीकाराम विक र साँफेबगर नगरपालिका २ का ५५ वर्षीय लक्ष्मीदेवी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दूर्घटनाका ३१ घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको जानकारी दिइएको छ । त्यसमध्य पाँच जनालाई सेती प्रादेशीक अस्पताल धनगढी रेफर गरिएको छ ।
अन्य सबै घाइतेहरुको भने जिल्ला अस्पताल डोटीमै उपचार भइरहेको प्रहरीले बताएको छ । मृतक सबै भारतबाट घर फर्केकाहरु हुन ।
उनीहरु धनगढीबाट अछामका लागि छुटेको ना ६ ख २५२९ नम्वर बस दुर्घटनामा परेका थिए ।
उक्त बस बुधबार विहान साढे ५ बजेरित सडकबाट झन्डै एक सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
