२०८१ माघ १२ गते शनिवार

सल्यानमा १२ बर्षीया बालिकालाई बालात्कार गर्ने परियार पक्राउ

दाङ, साउन २८ । सल्यानमा १२ बर्षीया बालिकालाई जवरजस्ति बालात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको शारदा नगरपालिका वडा नं. ६ बरला निवासी २७ बर्षीय प्रकाश परियार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ३ घर भइ हाल शारदा नगरपालिका वडा नं. ६ बरलामा बस्दै आएकी १२ बर्षीया एक बालिकालाई जवरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको डिएसपी खतिवडाले बताए ।

परियारले ती बालिकालाई साउन २५ गते बेलुका ८ बजेतिर शारदा नगरपालिका वडा नं. ६ स्थित दौरेडाँडा भन्ने ठाउँमा लगेर जवरजस्ती बलाल्तकार गरेका पीडितको जाहेरीमा उल्लेख रहेको छ ।

परियार मंगलवार विहान घरवाटै पक्राउ परेका थिए ।

जिल्ला अदालत सल्यानले परियारलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *