डोटी, साउन २८ । डोटीमा बुधवार विहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । थप ३१ जना घाइते भएका छन् ।
जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा नम्वर १ तल्लो फूलोटमा ना ६ ख २५२९ नम्वरको बस विहान साढे ५ बजेतिर दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ ।
उनीहरु भारतवाट घर फर्किरहेकाहरु भएको प्रहरीले बताएको छ ।
भारतबाट घर फर्केका ३४ जना यात्रारत बस धनगढीबाट अछाम जाने क्रममा दूर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिलगढी लगिएको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट झन्डै एक सय मिटर तल खसेको छ।
दुर्घटनाको कारण खुल्न नसकेको तथा त्यसवारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
