२०७८ जेष्ठ ४ गते मङ्गलवार

ललितपुर, सप्तरी र बुटवलमा गरि चार जनाको मृत्यु

काठमाडौं, साउन २८ । ललितपुर, सप्तरी र बुटवलमा गरि कोरोना अस्पतालमा उपचाररत चार जनाको मृत्यु भएको छ ।ललितपुरको पाटन अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माले जनकपुरकी ३८ वर्षीया महिलाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । कोरोना संक्रमन पुष्टि भइसकेकी ती महिला मेनिन्जाइटिसकी विरामी थिइन । उनी साउन १८ गते अस्पताल भर्ना भएकी थिइन ।

त्यस्तै सप्तरीमा थप एक जना पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलको कोरोना अस्पतालमा थप दुई पुरूषको मृत्यु भएको छ । जसमध्य एक जनाको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी नै रहेको छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *