२०७८ बैशाख २५ गते शनिवार

दाङको गढवामा लागू अौषध सहित २ जना पक्राउ


टेकबहादुर पुन,
दाङ, साउन २८। दाङको गढवामा लागु अौषध सहित २ जना पक्राउ परेका छन् ।कोईलाबास लमही सडकखण्ड अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ७ घोराहामा घोराही उपमहानगर पालिका वडा नम्बर १५ निवासी बर्ष २३ का रिहा जुदिन र सोही ठाउँ निवासी बर्ष २२ का चालक अरमान धुनिया पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यालय गढवाको टोलीले मँगलबार बेलुका साढे ४ बजे कोईलाबास बाट घोराही तर्फ जाँदै गरेको लु३१प १५७८ नम्बरको स्कुटर सहित ५५ ग्राम ७ सय ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागू अौषध पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सुराकीको आधारमा स्कुटर चेकजाँच गर्दैगर्दा कोहीनुर लेखिएको हेल्मेट भित्र लुकाई छिपाई अबस्थामा लागू अौषध फेला पारेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरत सिँह राँठौरले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *