तुलसीपुर , साउन २७ । तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्वर बाहिनी मंगलवारदेखि सिल गरिएको छ । बाहिनीका २९ जना नेपाली सेनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाहिनी सिल गरिएको हो ।तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले एकै पटक २९ जनामा कोरोना संक्रमन फेला परेपछि मंगलवारदेखि नै बाहिनी सिल गरिएको जानकारी दिए । ‘आजदेखि नै बाहिनी सिल भइसक्यो,’ केसीले भने ‘ बाहिनीमा आवात जावात निषेध गरिएको छ।’
साउन २२ गते बाहिनीका ३१ जनाको स्वाब संकलन गरि परीक्षणका लागि बाँकेस्थित भेरी अस्पतलामा पठाइएकोमा मंगलवार २९ जनामा संक्रमन फेला परेको हो । २९ जनाको पोजेटिभ र २ जनाको रिपोर्ट नेगेटिभ आएको केसीले बताए । केसीका अनुसार साउन १८ गते प्युठानबाट तालिमका लागि १९ नम्वर बाहिनीमा आएका एक जना व्यक्ति बाटो मै विरामी परेका थिए ।
उनको पिसिआर टेष्ट गर्दा कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि ती व्यक्तिको सम्पर्कमा आएका थप ३१ जनाको स्वाब संकलन गरि परीक्षणका लागि बाँके पठाइएको थियो । त्यसमध्य २९ जनामा मंगलवार कोरोना संक्रमन फेला परेको तुलसीपुरका फोलक पर्सन केसीले जानकारी दिए ।