बाँके, साउन २७ । बाँकेमा थप २६ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालगन्ज उपमहानगरका विभिन्न वडाका १६ जना , कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना र बाँकेका जिल्लाकै ठेगाना नखुलेका ३ जना गरी जम्मा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार