२०८१ माघ १२ गते शनिवार

लागुपदार्थ दुव्र्यशनी उपचारार्थीलाई प्रशिक्षण

बिजौरी,साउन २७ ।  नयाँ पाइला पुर्नस्थापना केन्द्रमा लागुपदार्थ दुव्र्यशनी उपचारार्थीहरुलाई संसददेखि प्रहरीसम्मले प्रशिक्षण दिएका छन ।

पुर्न स्थापना केन्द्रमा रहेका ३९ जना उपचारार्थीहरुको मनोबल बढाउन,समाजमा पुन रुपान्तरित हुन, घर परिवारसंग घुलमिल हुन र सामाजिकरुपमा नेतृत्व क्षमता बढाउन प्रशिक्षण दिइएको नयाँ पाइला पुर्न स्थापना केन्द्रका निर्देशक सुरेश भुसालले जानकारी दिए ।

प्रशिक्षणका क्रममा पुग्नुभएकी सांसद सुजिता शाक्यले प्राकृतिक मनोरम वातावरणमा दैनिक योगाभ्यास,भवतित ज्ञान, ध्यानजस्ता कुरामा ध्यान दिनुपर्ने सुझाव दिइन ।

उनले दुव्र्यशनीहरुको रुचि अनुसारका काम गर्ने सक्ने वातावरण तयार पार्नुपर्ने बताइन ।

प्रशिक्षणका क्रममा पुग्नु भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले विगतमा विविध कारणले कुलतमा फसेको हुन सक्ने भन्दै भविष्यमा योग्य, सक्षम र समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने खुबी बनाउन आग्रह गरेका थिए ।

प्रहरीले लागु पदार्थ दुव्र्यशनीका कारण समाजमा घट्न सक्ने घटनाहरुलाई नियन्त्रित गरी सु सभ्य समाज निर्माणका लागि टोल टोलमा सुरक्षा समिति गठन गरी प्रशिक्षणात्मक अभियान सुरु गरिएको प्रहरी प्रमुख शिबबहादुर सिंहले बताए ।

साथै उनले लागुपदार्थ दुव्र्यशनी उपचारार्थीहरुलाई बुवा आमामा सपनाहरु पुरा गर्ने अभियानमा लाग्न समेत उत्प्रेरणा दिएका थिए ।

नयाँ पाइला पुर्न स्थापना केन्द्र निर्देशक सुरेश भुसालले संस्थाले हालसम्म गर्दै आएका क्रियाकलापहरुका बारेमा जानकारी गराएका थिए ।

संस्थाबाट हालसम्म नौ सयभन्दा बढीले उपचार लिइसकेका छन् भने हाल दिवा सेवामा १५ जना र उपचारार्थीहरु ३९ जना रहेको निर्देशक भुसालले जानकारी दिए ।

साथै उनले सुधार केन्द्रमा योग, ज्ञान कक्षा र मनोरञ्जनका कार्यक्रम समेत सञ्चालन हुँदै आएको समेत बताए ।

 

 

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *