काठमाडौं, साउन २७ । काठमाडौंमा विभित्स हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरालाई दहीमा स्लिपिङ ट्यावलेट मिसाएर खुवाएर लठ्ठ भएपछि हत्या गरेको खुलेको छ ।
गोंगबुमा आइतबार बिहान टाउको र खुट्टा छुट्टा छुट्टै सुटकेशमा रोखेको अवस्थामा बोहोराको शव फेला परेको थियो ।
बोहोराको हत्या आरोपित कल्पना मुडभरी पौडेललाई सार्वजनिक गर्दै प्रहरीले पहिला दुबैले संगै बियर खाएको र पछि दहीमा घोलेर स्पिङ ट्वालेट ख्वाएको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले शनिवार राति आफ्नै कोठामा बोलाएर बोहोरालाई रक्सि ख्वाएको र त्यपछि दहीमा स्लिपिङ ट्वालेट घोलेर खुवाएर बेहोस पारेर अण्डकोषमा हथौडाले हानेर हत्या गरेको जानकारी दिए ।
आरोपित कल्पाना प्रहरीसंगको बयानमा बोहोराले नक्कली फेसबुक आइडी बनाएर निबस्त्र तस्विरहरु सार्वजनिक गर्न थालेपछि र उस्ले भने अनुसार चल्नु पर्छ भनेर दबाब दिन थालेपछि हत्या गरेको बताइएकी छन् ।
हत्या पछि उनले खुकुरीको प्रयोग गरि टाउको तथा हातखुट्टा काटेर छुट्टा छुट्टै झोला र सुटकेशमा राखेर बाहिर लगि ती फालेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार कल्पना र कृष्णबहादुरका बीचमा विगत तीन÷चार वर्ष पहिलेदेखि फेसबुक मार्फत चिनजान भएको देखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरि हत्या आरोपी कल्पनाले अभियोग स्वीरका गरि सकेको जानकारी दिएका हुन ।
बोहोराको हत्यामा प्रयोग भएका विभिन्न घरेलु औजार समेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।