दाङ, साउन २६ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसरफाई संस्थाको कार्यालय भवन निर्माण कार्य सुरु भएको छ ।
भरतपुर सहलगानी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत करिव एक करोड रुपैंयाको लागतमा निर्माण दुई तले भवन निर्माण कार्य सुरु भएको संस्थाका अध्यक्ष शंकर गौतमले जानकारी दिए ।
भरतपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र खानेपानी तथा ढल ब्यवस्थापन आयोजना बुटवलबिच भएको सह—लगानीको अवधारण अनुसार निर्माण सुरु गरिएको भवनको मंगलवार संस्थाक अध्यक्ष गौतम, उपाध्याक्ष जंगबहादुर जिसी र सचिव एकेन्द्र रानाले संयुक्त रुपमा सिलन्यास गरेका थिए ।
आयोजनामा सरकारको ७० प्रतिशत र ३० प्रतिशत जनसहभागिता रहने छ । १८ करोड ४ लाख ४७ हजार ५८ रुपैंया कुल लागत रहेको उक्त आयोजना आगामी २०७८ सालको असारसम्म निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ ।
घोराहीका वडा नं. १५ र १७ का करिव २ हजार २ सय घरधुरीमा चौविसै घण्टा खाने पानी पु¥याउने उदेश्यसहित काम भइरहेको अध्यक्ष गौतमले बताए ।
उनले करिव ४१ किलोमिटर नयाँ पाइपलाइन बिस्तार गर्ने तथा १० वटा डिप बोरिङबाट संकलन गरिने जानकारी दिए ।
अहिले खानेपानीको अभाव देखिएका क्षेत्रलाई प्राथमिकतामा राखेर खाने पानी बितरण गर्ने योजनाका साथ काम भइरहेको अध्यक्ष गौतमले जानकारी दिए ।