२०८१ माघ ९ गते बुधवार

नारायणपुरमा मोटरसाईकल दुर्घटना ः १८ बर्षीय किशोरको मृत्यु

तुलसीपुर, साउन २७ । दाङको नारायणपुरमा मोटरसाईकल दूर्घटनामा परि १८ बर्षीय एक किशोरको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १० झारबैरा निवासी १८ बर्षीय विमल डाँगीको मंगलवार विहान साढे ३ बजे आफैले चलाएको मोटरसाईकल दूर्घटनामा परि मृत्यु भएको प्रहरीले बताएको छ ।

डाँगीले चलाएको रा ४ प २५५१ नम्वरको मोटरसाईकल घर नजिकै अनियन्त्रित भइ दूर्घटना हुँदा उनी गम्भीर घाइते भएको र उनको उपचारका क्रममा घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।

गम्भीर घाइते डाँगीको उपचारका क्रममा राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *