दाङ, साउन २७ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका एक व्यक्तिमा मृत्यु पछि कोरोना भाइरसको पुष्टि भएको छ ।
अछामको चौरपाटी निवासी ५० बर्षीय लोकेन्द्र रावलको उपचारका क्रममा साउन २५ गते मृत्यु भएको थियो ।
मृत्यु हुनुभन्दा पहिले नै ती व्यक्तिको स्वाब संकलन गरिएको र साउन २६ गते बेलुकी अवेर मात्रै उनको रिपोटमा कोरोना पोजेटिभ देखिएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए ।
साउन २० गते शिक्षण अस्पताल कोहलपुर गरिएका ती व्यक्ति हेपाटाइटिस ‘बी’ रोगबाट ग्रसित थिए । अन्तिममा उनको निमोनियाका कारण मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार