दाङ, साउन २७ । कोरोना भाइरस संक्रमित रुकुम पश्चिमकी एक महिलाले जन्ममाएको बच्चाको मृत्यु भएको छ ।
रुकुमको चौरजाहाी निवासी २८ बर्षीया ती महिलाले साउन २४ गते राति साढे ९ बजेतिर नेपालगञ्ज मेडिकलकलेज शिक्षण अस्पताल कोहलपुरमा छोरालाई जन्म दिएकी थिइन ।
ती बच्चाको मृत्यु सोमवार विहान साढे एक बजेतिर भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
बच्चाले आमाको पेटमै दिशा गरि सकेको र बच्चाको धडकन समेत कम भएका कारण अप्रेसन गरेर बच्चा निकाल्नु परेको अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले ३९ हप्ताकी गर्भबतिबाट सल्यक्रिया गरि जन्मिएको बच्चाको तौल २ किलो ७ ग्रामका रहेको तथा ती बच्चालाई बचाउन अनेक प्रयास गर्दापनि संभव नभएको जानकारी दिएका छन् ।
मृत्यु भएका बच्चाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको भएपनि रिपोर्ट भने आइपुगेको छैन ।
ती महिला सुरुमा प्रसुतीको लागि भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा पुगेकी थिइन ।
स्वाब परीक्षण गर्दा ती महिलामा कोरोना संक्रमन पुष्टि भएको थियो । त्यसपछि साउन २४ गते दिउँसो उनलाई भेरी अस्पतालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रेफर गरेको थियो ।