
फाइल तस्बिर
साउन २७। आज कृष्ण जन्माष्टमी, पूजा आराधना गरी मनाइँदै छ । कृष्ण जन्माष्टमी प्रत्यक भाद्र कृष्ण अष्टमीका दिन मनाइने गरिन्छ । आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो । भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ ।
देशभरका कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । तर यो वर्ष कोरोना भाइरस संक्रमणका कारण देशभरका मन्दिरहरु सर्वसाधारणका लागि खोलिएको छैन ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार