काठमाडौं,साउन २६ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थनले भदौबाट सञ्चालन गर्न लागेको विभिन्न तहको परीक्षा स्थगित गरेको छ।
संस्थान डिन कार्यालयले विज्ञप्ति जारी गरेर कोभिड १९ को संक्रमण त्रास कायमै रहेकोले तत्काल परीक्षा सञ्चालन गर्न नसक्ने जनाएको हो।
संस्थानले यसअघि स्नातक तथा स्नातकोत्तर तहको परीक्षा भदौ पहिलो र अन्तिम साताबाट सञ्चालन गर्ने निर्णय गरेको थियो।
संस्थानले भदौ १ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। पढाइमा सहभागी हुन संस्थानले सबै विद्यार्थीलाई अनुरोध गरेको छ।
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार