२०७८ बैशाख ३१ गते शुक्रवार

कांग्रेसले दाङका ११ जनालाई विभिन्न विभागमा जिम्मेवारी तोक्यो

दाङ, साउन २६ । नेपाली काँग्रेसले दाङका विभिन्न ११ जना व्यक्तिहरुलाई विभिन्न विभागहरुमा मनोनित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतवार पार्टीका विभिन्न विभागहरुमा दाङका ११ जनालाई मनोनित गरेका हुन । जसमध्य पूर्व सांसद राजु खनाललाई संगठन विभागको सदस्यमा मनोनित गरिएको छ ।

खनाल संविधानसभाको निर्वाचनमा दाङ क्षेत्र नम्वर ३ बाट निर्वाचित व्यक्ति हुन । गत प्रतिनिधिसभा सदस्यमा निर्वाचन क्षेत्र नं. २ मा पूर्व सभामुख कृष्णबहादुर महरासंग पराजित भएका थिए ।

त्यस्तै पूर्व सांसद सुशीला चौधरीलाई सभापति देउवाले वित्तिय तथा सहकारी संस्था समन्वय विभागको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । चौधरी गत संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएकी थिइन ।

देउवाले स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्यमा भरत केसी र नहकुल केसीलाई मनोनित गरेका छन् । नहकुल केसी गरिवी निवारण कोषका पूर्व कार्यकारी निर्देशक हुन ।

त्यसैगरी शिक्षा विभागमा चिन्ताबहादुर बुढाथोकी, तथा खेलकुद विभागको केन्द्रीय सदस्यमा तुलसीपुरका जितबहादुर केसीलाई मनोनित गरिएको छ ।

यातायात व्यवसायी समन्वय विभागमा सुरेश हमाल र धुर्व केसीलाई मनोनित गरिएको छ । त्यस्तै तरुण विभागको केन्द्रीय सदस्यमा नेता खुमबहादुर खड्काका पुत्र अनुराग खड्कालाई मनोनित गरिएको छ ।

त्यस्तै मुस्लिम विभागमा लालमोहम्मद मियाँ,तराई मधेस समन्वय विभागमा अनुराग यादव मनोनित गरिएको छ ।

 

 

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *