२०८१ माघ ३० गते बुधवार

अनुराग खड्का केन्द्रीय तरुण विभाग सदस्यमा मनोनित

तुलसीपुर, साउन २६ । नेपाली काँग्रेसले दाङका अनुराग खड्कालाई केन्द्रीय तरुण विभाग सदस्यमा मनोनित गरेको छ ।

खड्का स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन । सभापति शेरबहादुर देउवाले आइतवार खड्कालाई केन्द्रीय तरुण विभागको सदस्यमा मनोनित गरेका हुन ।

यो बिभागको संयोजकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी छन् । सभापति देउवाले आइतवार विभाग विस्तार गरेका हुन ।

केन्द्रीय विभागमा मनोनित भएपछि प्रतिक्रिया दिदै खड्काले पार्टीले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताए ।

‘ मेरो बुवा आम कार्यकर्ताको प्यारो हुनुहुन्थ्यो,’ खड्काले भने ‘ मलाई पनि पार्टीले विश्वास गरेर अवसर दिएको छ , म त्यो जिम्मेवारी पुरागर्न लागिपर्ने छु।’

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *