२०८१ माघ ३ गते बिहिवार

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

साउन २६ । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ३३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ६.२० बजे तिर स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

पचरौता नगरपालिका–८ स्थित जोरा खोलाको पुलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनास्थलमा ना ३४ प ३४०० नम्बरको स्पलेन्डर मोटरसइकल क्षति ग्रस्त अवस्थामा भेटिएकाले मोटरसाइकल दुर्घटनाबाट उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण मोटरसाइकल पुलमा ठोक्किएर दुर्घटना भएको हुन सक्ने बाराका प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको अगाडिको भाग क्षति ग्रस्त छ भने मोटरसाइकल पुलमा ठोक्किएर तल खसेको प्रहरीले बताएको छ। मृतकको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *