२०८१ पुष २९ गते सोमवार

बृहत् वृक्षाराेपन कार्यक्रम सम्पन्न


देविराम कुसारी,
फुलवारी, साउन २६ । तुलसीपुर उप-महानगरपालिका १३ अम्बापुरमा बृहत् वृक्षाराेपन कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली सेनाकाे १९ नम्वर वाहिनि अड्डा र श्री नम्वर २ वन तथा पर्यावरण गण अम्वापुरकाे व्यवस्थापनमा जन कल्यान सामुदायिक वनकाे ९ हेक्टर क्षेत्रफलमा वृक्षाराेपन गरिएकाे हाे । दाङ जिल्ला प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजालकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा एभाेगाड, लिच, अमला, अनार आदीका करीब दुई हजार बिरुवा लगाइएकाे छ ।

कार्यक्रममा नेपाली सेना, राष्ट्रपती तराई मधेश चुरे संरक्षण कार्यक्रमका प्रतिनिधि, नेपाल रेडक्रसका प्रतिनिधि, जिल्ला वनका कर्मचारी, जन प्रतिनिधि तथा स्थानिय उपभाेक्ताकाे उपस्थिति रहेकाे थियाे । वन क्षेत्र भित्र लगाएका बिरुवा संरक्षण गर्न समस्या हुने भन्दै रेडक्रसका जिल्ला सदस्य तथा स्थािनय उपभाेक्ता हरिहर पाैडेलले तावारकाे माग गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *