२०७८ जेष्ठ २ गते आइतवार

१५ बर्षीय किशोरीमाथि जंगलमा जवरजस्ती बलात्कार

दाङ, साउन २५ । सल्यानको जंगलामा १५ बर्षीया किशोरीमाथि जवरजस्ती बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका वडा नं. १ निवासी ४५ बर्षीय हिमलाल बुढाथोकीे साउन २३ गते बेलुका साढे ८ बजेतिर सोही नगरको वडा नं. १२ निवासी १५ बर्षीया एक किशोरीलाई जंगलमा लगि बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

बुढाथोकीले आफ्नो होटेलमा काम लगाई दिने प्रलोभनमा पारेर किशोरीलाई ललाई फकाई जंगलमा लगेर जवरजस्ती बलात्कार गरेको भन्ने जाहेरी परेको प्रहरीले जानकारी दिएको छ । शनिवार पक्राउ परेका बुढाथोकीलाई आइतवार जिल्ला अदालतवाट म्याद थप गरि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *