२०८१ फाल्गुन २ गते शुक्रवार

बाँकेमा नारिकता किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ


दाङ, साउन २५ । नागरिकता किर्ते मुद्दाका फरार एक प्रतिवादी बाँकेमा पक्राउ परेका छन् । जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. २ गंगापुर निवासी ४० बर्षीय सागर अली साईलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रबक्ता सुवाश खड्काका अनुसार उनी शनिवार राति पक्राउ परेका हुन ।

बाँके जिल्ला अदालतले अली साईलाई नागरिकता किर्ते मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैदको फैसला सुनाएको डिएसपी खड्काले जानकारी दिए । अलीसाईलाई सजाय भुक्तानका लागि अदालतमा पेश गरिएको खड्काले बताए ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *