दाङ, साउन २५ । बाँकेको कोहलपुरमा कोरोना भाइरसका कारण ७० बर्षीया एक महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ निवासी ७० बर्षीया ती महिलाको उपचारका क्रममा आइतवार दिउँसो ५ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकमा निमुनियाको लक्षण देखिएको अस्पताल भर्ना गरिएको जानकारी दिए । दूई तीन दिन अगाडि नै उनको स्वाब संकलन भएपनि आइतवार मात्रै उनमा कोरोना पुष्टि भएको प्रअिजले बताए । सुरुदेखि नै ती महिलामा कोरोना भाइरसको स्पष्ट लक्षणहरु देखिएको उनले बताए ।
प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार