२०८१ फाल्गुन ७ गते बुधवार

जेसीजद्धारा सेनेटरी प्याड उत्पादन तालिम

तुलसीपुर,साउन २५ । तुलसीपुरमा एक दिने सेनेटरी प्याड उत्पादन तालिम गरिएको छ ।

तुलसीपुर नगर जेसिजको वर्ष २०२० को साताव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन आइतवार लिटिल हेभन मावि तुलसीपुरमा निशुल्क सेनेटरी प्याड उत्पादन तालिम भएको हो ।

नगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी मोहन सुनारको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उप–प्रमुख माया शर्माले जेसीजले गरेका कार्यक्रमहरुले महिलाहरुको आर्थिक, सामाजिक मात्रै नभई महिलाहरुको स्वास्थ्यको पनि विकास भएको बताइन ।

जेसिजले महिलाहरुको स्वास्थ्यको विषयलाई ध्यानमा राखेर गरेको कार्य सह्रानिय रहेको र यस्ता खालका तालिमहरुले भोलिका दिनमा महिलाहरु आर्थिक रुपमा स्वरोजगार बन्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरिन ।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका पुर्व अध्यक्ष झरेन्द्र खरेल,महिलाअधिकारकर्मी सुष्मा गिरी,यमुना शाह लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सेनेटरी प्याड उत्पादन तालिमका कार्यक्रम संयोजक जेसी कमल सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसीज वर्ष २०२० का महासचिव जेसी केशवराज केसीले गरेका हुन ।

कार्यक्रममा मुल संयोजक जेसी पुर्ण बिक्रम डाँगीले कार्यक्रमबारे प्रकाश पारेका थिए । एक दिने सेनेटरी प्याड उत्पादन तालिममा विद्यार्थी,स्थानीय महिलाहरु गरि ३५ जनाको सहभागिता छ ।

तालिमको प्रशिक्षकमा लोचना भुसाल थिइन । नगर जेसीजले प्रत्येक वर्ष विभिन्न सीप विकास,चेतनामुलक कार्यक्रम गर्दै आएको जनाएको छ ।

साताव्यापी कार्यक्रम अन्तर्गत साउन २६ गते गोरखा माविमा कोरोना कहर तथा सफल अवतरण अन्तरक्रिया, २७ गते अविधारा तथा बारधार्ने तुलसीपुरमा खानेपानी मुल सरसफाई तथा संरक्षण कार्यक्रम, २८ गते पातुखोला किनारमा बृक्षारोपन कार्यक्रम र ३१ गते गते पुरन्धरा छहरामा बोर्ड स्थापना लगाएका कार्यक्रम रहेका छन् ।

 

 

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *