२०८१ माघ २६ गते शनिवार

बिग्रेको बाटो मर्मत गर्न आँफै खटिए वडाध्यक्ष

ओमप्रकाश गुप्ता , सिसहनिया, साउन २५ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर बर्षाले विग्रिएको बाटो मर्मत गर्न आफै खटिएका छन् ।

वडा अध्यक्ष सुनारीलाई साथ दिनेमा अन्य २ वडा सदस्य मोहम्मद मिया र ददिबहादुर बराल छन् ।

देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ श्रीनारायण चोक मौरीघाटदेखि देवीकोट हुँदै प्युठानको मुर्कुटीसम्म जोड्ने बाटो अन्तरगत उपल्लो धरमपानीदेखि देवीकोट गाउँ सम्मको करिव ३ किलोमिटर बाटो वडाध्यक्ष सुनारीको अगुवाईमा जनश्रमदान गरि मर्मत भएको छ ।

त्यस्तै देवीकोट देखि रूपाकोट सम्मको करिव ३ किलोमिटर बाटो वडा सदस्य अलि मोहम्मद मिया र बाउन्नेपाटादेखि जावुने सम्मको ७ किलोमिटर बाटो वडा सदस्य ददिबहादुर बरालको नेतृत्वमा मर्मत गरिएको वडा अध्यक्ष सुनारीले जानकारी दिएका छन् ।

वर्षाका कारण बाटो पैदल हिड्न समेत नसक्ने अवस्थामा पुगेपछि जनप्रतिनिधि आँफै बाटो मर्मत गर्न गएका हुन ।

बिरामीलाई अस्पताल सम्म पु¥याउन सकियोस भन्ने उदेश्यले बाटो मर्मत गरिएको वडाध्यक्षले बताए ।

गाउँपालिकाले वर्षापछि मात्र बाटो मर्मत गरिदिने बताएपछि आफै वडा अध्यक्ष सुनारी बाटो मर्मतमा जुटेका हुन । ४२ घरधुरी रहेको देवीकोटमा धार्मिक तिर्थस्थल भद्राक्षीदेवी मन्दिर समेत रहेको छ ।

 

 

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *