गुल्मी,साउन २५ । गुल्मीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङका ३९ वर्षीय कमल भण्डारीको ज्यान गएको हो ।
शनिबार साझा आठ बजे तिर घरमै बसिरहेको अबस्थामा चट्याङ लागेर घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी नायब निरीक्षक दिपेश राईले बताए ।
साथै घरका अन्य सदस्य सकुशल रहेको स्थानीयले जानकारी दिएका छन ।
प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार