यमकला भुसाल,तुलसीपुर साउन २५ । दाङमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको सङ्या बर्षेनी बढ्दै गएको छ ।
वितेको आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा ट्राफिक नियम विपरीत सवारी साधन चलाएका ३७ हजार ४ सय ६३ सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम प्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार ट्राफिक नियम विपरीत सवारी चलाउने ४ हजार ७ सय ५६ वटा बसलाई कारवाही गर्दा २ करोड ५७ लाख ८ हजार राजश्व संकलन भएको छ ।
त्यस्तै ७ हजार ८ सय ९९ ट्रकलाई कारवाही गर्दा ४४ लाख ५३ हजार,४ हजार ६ सय ३ जिपलाई कारवाही गर्दा २५ लाख ३७ हजार ५ सय, १२ हजार ७ सय ६६ मोटरसाइकल कारवाही गर्दा ८८ लाख ९९ हजार,३ हजार ९ सय ४४ टेक्टर कारवाही गर्दा २१ लाख ८१ हजार ५ सय र ३ हजार ४ सय ९५ अटोरिक्सालाई कारवाही गर्दा २४ हजार ५ सय गरि २ करोड ३० लाख ७३ हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए ।
यी मध्ये सबैभन्दा बढी कारबाहीमा परेका सवारी साधनमा मोटरसाइकल, बस, ट्याम्पो कार तथा जिप रहेका छन ।
ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा नियम विपरीत सवारी साधन चलाउने ३४ हजार ५ सय १० सवारीलाई कारवाही गर्दा २ करोड १३ लाख ५ हजार राजश्व संकलन भएको थियो ।
साथै ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम प्रसाद रेग्मीले सवारी साधन चलाउँदा चालकको अनिवार्य लाइसेन्स हुनुपर्ने,सवारी साधनको कागजपत्र साथमा राख्नुपर्ने, मापसे गरी सवारी साधन चलाउन नहुने, क्षमता भन्दा बढी यात्रु राख्न नहुने लगायतका कुरामा ध्यान दिन सके सडक दुर्घटना सङया र सवारी कारवाही सङ्या कम हुने बताए ।