घोराही, साउन २४ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पाण्डवेश्वर धारापानी मन्दिर परिसरमा सरसफाई गरिएको छ । शनिवार ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत मन्दिर परिसर सरसफाई गरिएको हो ।
मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय घोराही, सामुदायिक प्रहरी सेवा केन्द्र, धारापानी टोल विकास संस्था र डोलगाँउ टोल विकास संस्थाको सहभागितामा सरसफाई भएको हो । मन्दिर परिसरमा रोपिएका बर पिपल लगायत विरुवाहरु गोडमेल पनि गरिएको छ ।
२५ जना प्रहरी र ७० जना स्थानीयको सहभागितामा गोडमेल तथा सरसफाई गरिएको हो ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्यटकीय तथा धार्मीक स्थलहरु सरसफाई गर्ने गरेको र सोही कार्यक्रम अनुसार सरसफाई गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक दिनेश रिमालले बताए । साउन ३ गते त्यहाँ मन्दिर परिसरमा बृक्षारोपण पनि गरिएको थियो ।