२०८१ फाल्गुन २ गते शुक्रवार

राजनीतिक संस्कार गलत हुदाँ मुलुक समस्यामा ः महरा

दाङ,साउन २४ । प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महराले गलत राजनीतिक संस्कारका कारण मुलुक समस्यामा रहेको बताएका छन ।

नेपाल पत्रकार महासंघ र प्रेस संगठन दाङले शनिबार घोराहीमा आयोजना गरेको पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन ।

सामन्तवाद र साम्राज्यवादसँगको लडाइमा उदार पूँजीवाद र दलाल नोकरसाही पूँजीवाद हावी हुँदा राजनीतिक बिसंगति उत्पन्न भइरहेको भन्दै महराले यसका बिरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

त्यस्तै मुलुकको परिवर्तनका लागि कृष्ण सेनले खेलेको भूमिकाको चर्चा जति गरे पनि नसकिने भन्दै महराले सेनको वैचारिक धरातलमै लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण समेत गरे ।

६ पत्रकार सम्मानित

दाङमा ६ जना पत्रकारलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको चौथो स्मृति दिवसको अवसर पारेर विभिन्न पुरस्कारबाट ६ जना पत्रकारलाई सम्मान गरिएको हो ।

शनिवार घोराहीमा भएको कार्यक्रममा लकडाउनका कारण वितरण गर्न नसकिएको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ ।

यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केवी मसाल र पत्रकार शरद अधिकारीलाई प्रदान गरिएको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजदिप शर्माको परिवारले स्वर्गीय आमा लोककुमारी रिजालको स्मृतिमा प्रेस संगठनमा स्थापित लोककुमारी रिजाल स्मृति पत्रकारिता पुरस्कार पत्रकार पाण्डवप्रसाद शर्मालाई प्रदान गरिएको छ भने प्रेस संगठन दाङमा स्थापित प्रतिभा पुरस्कारबाट पत्रकार लक्ष्मण बिश्वकर्मा, प्रोत्साहन पुरस्कार शान्तराज बुढा र अमृता भुसाललाई प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको पुरस्कार बितरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टीकाराम खड्का, महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा, महासंघ दाङका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पूर्व अध्यक्ष प्रताप रेग्मी, सुदिप गौतम, पुरस्कृत व्यक्तित्व शरद अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महासंघका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस संगठन दाङका संयोजक प्रकाश चौधरीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *