२०८१ फाल्गुन ६ गते मङ्गलवार

पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

वीरगञ्ज,साउन २४ । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा समावेश छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले दिएको जानकारी अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ ।

चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान, बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका कर्मचारी ३१ वर्षीय पुरुष, वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय कर्मचारी र बाराको मनहर्वा घर भएका ४३ वर्षीय दुई जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज–४ विर्ताकी २२ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *