२०८१ जेष्ठ १३ गते आइतवार

रूपन्देहीमा कार दुर्घटना , ३ जनाको मृत्यु

रुपन्देही,साउन २४ । रुपन्देहीमा परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ ।

रूपन्देही रोहिणी गाउँपालिका( ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नंम्बरको कार नियन्त्रित भएर पल्टिँदा ३ जनाको मृत्यु भएको हो ।

प्रदेश( ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेलाई उपचारको लागि भीम अस्पताल भैरहवा पठाएकोमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने ३ जनामध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा रूपन्देही ओमसतिया गाउँपालिका बालापुरका २६ को देवेन्द्र चौधरीलगायतका रहेका छन् ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *