बिजौरी,साउन २४ । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाको आयोजनामा निशुल्क मास्क वितरण गरिएको छ ।
शनिवार एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का उपमहासचिव इश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा मास्क वितरणको सुभारम्भ गरिएको हो ।
सो अवसरमा बाटोमा हिँड्ने पैदल यात्रुहरुदेखि व्यवसायी तथा ज्याला मज्दुरी गर्नेहरुलाई समेत झण्डै ७ सय मास्क वितरण गरिएको बिजौरी रेडक्रसका अध्यक्ष केशवराज शर्माले जानकारी दिनुभयो ।
त्यस्तै उद्योगी व्यवसायीहरुको घर तथा पसलमै पुगेर सो टोलिले मास्क वितरणसंगै कोभिड—१९ को विश्वव्यापी महामारीबाट बच्न नियमित रुपमा सावुनपानीले हातधुने तथा अनिवार्य रुपमा सेनीटाइजरको प्रयोग गर्ने विषयमा सचेत समेत गराइएको थियो ।
कोरोना संक्रमणबाट आफु बच्न र अरुलाइ पनि बचाउन नेपाल रेडक्रस सोसाइटीले थालेको यो पहिलो चरणको अभियान हो ।
मास्क वितरण कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी,महासचिव बिदुर गौतम,निवर्तमान अध्यक्ष मुक्त बहादुर वली(मुकेश), प्रहरी चौकी हेमन्तपुरका इञ्चार्ज सई इन्द्रपाल, सृजना बालवाटिका ईंग्लीस बोर्डिङ स्कुल बिजौरीका प्राचार्य अशोक कुमार पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका सदस्य राकेश बस्नेत, गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल लगाएत स्थानीय अग्रज व्यवसायीहरुको सहभागिता रहेको थियो ।