२०८१ पुष २९ गते सोमवार

साततलेमा पूलदेखि ट्रक खस्यो, ४ जना गम्भीर घाइते

तुलसीपुर, साउन २४ । राप्ती राजमार्गमा शनिवार विहान ट्रक दूर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । दूर्घटनामा परि ट्रकका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ३१ बर्षीय गणेश विक, सोही ठाउँ निवासी ३२ बर्षीय इश्वर चन्द, ४० बर्षीय नातिराम चौधरी र ट्रकका सहचालक सल्यान जिल्लाको बागचौर नगरपालिका निवासी २१ बर्षीय रोषण सुनार घाइते भएका छन् । घाइते मध्य चन्द र सुनारको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

चालक विक र चौधरीको अवस्था मध्यम रहेको सिंहले बताए । घाइते सबैलाई उद्धार गरि विहान साढे ७ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याएर प्रारम्भीक उपचार पछि तत्कालै थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

तुलसीपुरदेखि सल्यान तर्फ खाध्यान्न लगेर जाँदै गरेको लु १ ख ४३६६ नम्वरको ट्रक तुलसीपुर वडा नं. ४ साततलेस्थित खोलाको पुलवाट तल खसेको छ । ट्रकमा चालक र सहचालकसहित चार जना मात्रै सवार रहेको प्रहरीले बताएको छ । दूर्घटना शनिवार विहान साढे ५ बजेतिर भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *