काठमाडौं, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा सञ्चालन तत्काल सञ्चालन नगर्न यस्तो निर्देशन दिएको हो।
‘कोभिड–१९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत केही विद्यालयहरूले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरको पाएको हुँदा सोबाट विद्यार्थी तथा अभिभावमा त्रासको वातावरण सिर्जना हुन गएकोले नेपाल सरकारबाट विद्यालय पुनः सञ्चालनको निर्णय नभएसम्मका लागि परीक्षा सम्बन्धी कार्यहरू नगर्नू नगराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बोर्डले शुक्रबार सार्वजनिक गरेको सूचनामा भनिएको छ ।
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार